नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा (सूचीसहित)
आज (शनिबार) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
काठमाडौं, असार २५ : नेपाल प्रहरीका ३२ जना एसपी (प्रहरी उपरीक्षक) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएको छ।
आज (शनिबार) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको गृह मन्त्रालय बढुवा समतिको सचिवालयले जानकारी दिएको छ।
सिफारिसको पहिलो नम्बरमा गणेश चन्द छ्न्। उनी सिनयर ब्याचका उनी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालमा कार्यरत छन्।
दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी, पाँचौंमा दानबहादुर कार्की छन्।
यसैगरी डिल्लीराज विष्ट पनि बढुवाका लागि सिफारिस भएका छ्न्। उनी निर्मला बलात्कार तथा हत्या प्रकरणमा बर्खास्तीमा परेका थिए।
१८औं नम्बरमा सिफारिसमा परेका विष्टका ब्याची सबै यसअघि नै एसएसपी भइसकेका छन् ।











