Kathmandu Press

स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न माओवादीले बनायो समिति

काठमाडौं, असार २५ : नेकपा माओवादी केन्द्रले गत वैशाखमा भएको स्थानीय तह निर्वाचतमा पार्टीभित्रै भएको अन्तर्घातको छानविन गर्ने भएको छ। त्यसका लागि माओवादी...
स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न माओवादीले बनायो समिति

काठमाडौं, असार २५ : नेकपा माओवादी केन्द्रले गत वैशाखमा भएको स्थानीय तह निर्वाचतमा पार्टीभित्रै भएको अन्तर्घातको छानविन गर्ने भएको छ। त्यसका लागि माओवादी केन्द्रले छानविन समिति बनाएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको स्थायी सिमिति बैठकले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न तीन सदस्यीय समिति बनाएको हो । समितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष टंक राई छन् भने सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन्।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको र आफ्ना उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थायी समितिले अन्तर्घातको विषयमा छानविन गर्न समित गठन गरेको हो।

माओवादीमा मधेश प्रदेशमा अन्तर्घात भएको केन्द्रमा रिपोर्टिङ गरिएको थियो। अन्तर्घातकै कारण माओवादी मधेशमा कमजोर बनेको बताइएको छ।

प्रकाशित मिति: १२:०० बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्