Kathmandu Press

नेपालको महत्वपूर्ण विकासमा बेलायत साझेदार : प्रधानमन्त्री देउवा

काठमाडाैं, असार २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन्।प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश...
नेपालको महत्वपूर्ण विकासमा बेलायत साझेदार : प्रधानमन्त्री देउवा

काठमाडाैं, असार २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश दिदैँ दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरू सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसनीय रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

देउवाले आइतबार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरुले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन्।

प्रकाशित मिति: ११:०८ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्