स्थानीय चुनावमा अन्तर्घात भएकाे भन्दै माओवादीले बनायाे छानबिन समिति
काठमाडाैं, असार २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा अन्तर्रघात भएको भन्दै छानबिन गर्न समिति गठन गरेकाे छ।शनिबार पार्टी केन्द्रीय...
काठमाडाैं, असार २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा अन्तर्रघात भएको भन्दै छानबिन गर्न समिति गठन गरेकाे छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले गत वैशाख ३० गते भएको चुनावमा अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो।
समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
प्रकाशित मिति: ११:०० बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











