Kathmandu Press

पहिराेकाे कारण अवरूद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सञ्चालनमा

तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको हाे।
पहिराेकाे कारण अवरूद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सञ्चालनमा

काठमाडाैं, असार २५ : पहिराेकाे कारण अबरूद्ध पृथ्वी राजमार्ग चार घण्टा पछि खुलेकाे छ। तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको हाे।

बिहान करिब ४ बजेदेखि पहिराेका कारण अवरूद्ध भएको राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ।

चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हाे।

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्