काठमाडौंमा दिनदिनै बढ्दै हैजा, २७ पुगे बिरामी
काठमाडौं, असार २५ : काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या बढ्दै गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हैजाका बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ। शुक्रबार...
काठमाडौं, असार २५ : काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हैजाका बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ। शुक्रबार थप चार जनामा हैजा पुष्टि भएको छ। योसँगै हैजाका बिरामीको संख्या २७ पुगेको छ।
यसअघि बिहीबार पनि तीन जनामा हैजा पुष्टि भएको थियो। पछिल्लो पटक काठमाडौंको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको हो।
पहिलो पटक काठमाडौंको बागबजारमा असार २ गते हैजाका बिरामी भेटिएका थिए। त्यसयता हैजाका बिरामीको संख्या बढ्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख डा. चुमनलाल दासले हैजाका बिरामी बढ्दै आएकाले थप सावधानी अपनाउनुपर्ने बताए। उनले खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।
प्रकाशित मिति: ०९:०१ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











