Kathmandu Press

बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार अगाडि

बाजुरा, असार २५ : बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार अगाडि रहेका छन्।जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म दुई...
बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार अगाडि

बाजुरा, असार २५ : बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार अगाडि रहेका छन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म दुई हजार ९३७ मत गणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक हजार ७३२ मत पाएका छन्।

यसैगरी, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले एक हजार ३० मत पाएका छन्।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले अग्रता कायमै राखेकी छन्। खड्काले एक हजार ६८७ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले एक हजार ६७ मत पाएकी छन्।

अहिले बुढीगंगा नगरपालिकाको वडा नं. १, ९ र १० को मतगणना भइरहेको छ। असार २३ गते भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका थिए।

प्रकाशित मिति: ०७:३४ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्