Kathmandu Press

जापानी पूर्व प्रधानमन्त्रीको निधनमा नेपालमा राष्ट्रिय शोक

काठमाडौं, असार २५: जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउन लागिएको छ।आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने...
जापानी पूर्व प्रधानमन्त्रीको निधनमा नेपालमा राष्ट्रिय शोक

काठमाडौं, असार २५: जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउन लागिएको छ।

आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने भएको हो। गृह मन्त्रालयले शोक वक्तव्य जारी गरी आज कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'असार २५ गते उहाँको निधनमा शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।'

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि शुक्रबार गोली प्रहार गरिएको थियो। जापानको पश्चिमी शहर नारामा चुनावी सभालाई सम्बोधनका क्रममा भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा अस्पतालमा निधन भएको छ।

यसमा नेपाल सरकारले दुःख व्यक्त गरेको छ। उनको परिवार, जापानी सरकार र जापानी जनताप्रति समवेदना प्रकट गरिएको छ।

प्रकाशित मिति: ०७:०० बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्