माओवादी सिध्याइहालियो भन्ने ठाने झन् ठूलो लडाइँ : दाहाल
काठमाडौं, माघ २५ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादीलाई सिध्याइहालियो’ भन्ने ठानेर परिवर्तनबाट पछि फर्कन खोजेमा दुर्भाग्यपूर....
काठमाडौं, माघ २५ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादीलाई सिध्याइहालियो’ भन्ने ठानेर परिवर्तनबाट पछि फर्कन खोजेमा दुर्भाग्यपूर्ण अवस्था आउने बताएका छन् ।
पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठअधिवक्ता मुक्तिनारायण प्रधानको पुस्तक ‘स्थानीय तह सञ्चालन ऐन र न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ विमोचन समारोहमा बोल्दै दाहालले धम्कीपूर्ण भाषामा भने, ‘माओवादीलाई सिध्याइहालियो भन्ने ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन् ठूलो लडाइँ हुने खतरा आउँछ ।’

आफ्नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वले सरकारले गरेको संघीयता कार्यान्वयन कार्यप्रति उनले तीब्र असन्तोष जनाए । सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् ? भन्ने गम्भीर प्रश्न उठेको बताउँदै भने, ‘कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मसाथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ रु बिस्तारै कमजोर त पारिँदै छैन ?’
भिडियो हेर्नुहोस्
आफ्नै पार्टीको नेतृत्वको सरकार शान्ति सुरक्षा, बजेटलगायतमा विषयसंविधानको भावनाअनुसार नचलेको समेत आरोप लगाए । उनले प्रश्न गरे, ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौँ रु कतै फेजआउट गर्नतिर त गइरहेका छैनौँ रु सोच्नुपर्ने ठाउँमा जाँदैछौँ ।’

प्रचण्डले शान्ति सम्झौताको मर्मविपरीत पुराना मुद्दाहरुलाई प्रहरीकहाँ पठाउने र पक्राउ गर्न थालिएको पनि बताए । ‘शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधान बनाउँदा जेजति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ, त्यो इमान्दारिताका साथ लागु गरेनौं भने नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ ।’






