Kathmandu Press

सक्रियतापूर्वक पार्टी काममा लाग्न अध्यक्ष ओलीको आग्रह

सक्रियतापूर्वक पार्टी काममा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडाैं, असार २४ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिएका छन।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्धरूपमा लाग्नुपर्नेमा जोड दिए।

'हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ। अनुशासनहीनता बढेको छ, नैतिक राजनीतिमा कमी आएको छ। पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन। जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन। एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ।'

उनले भने, 'पार्टी छाडेर गएकालाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ। लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस्। ठूलो सङ्ख्यामा पार्टी फर्किनेको छिटै घोषणा हुनेछ। यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस्।'
 
बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्नुभएको थियो। एमालेमा हाल ३३ विभाग छन्।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्