आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारकाे निर्णय
काठमाडाैं, असार २४ : सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले भाेलि (शनिबार) आबे...
काठमाडाैं, असार २४ : सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले भाेलि (शनिबार) आबे हत्याको घोर भत्सर्ना गर्दै उनको निधनप्रति राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे।
आबेको शुक्रबार चुनावी सभालाई सम्बोधन गरिहेकाे समयमा गोली हानी हत्या भएकाे थियाे।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन्।
प्रकाशित मिति: २०:०५ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











