उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न न्यायपरिषदकाे सिफारिस
काठमाडाैं, असार २४ : उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष न्यायपरिषदले सिफारिस गरेकाे छ। योग्यता नै नपुगी नियुक्ति लिएको ठहर...
काठमाडाैं, असार २४ : उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष न्यायपरिषदले सिफारिस गरेकाे छ। योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषदले उनलाई पदबाट हटाउन सिफारिस गरेको हाे।
उनले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेका प्रमाण पेश गर्न नसकेपछि परिषद्ले अयोग्यता लुकाएको ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेकाे हाे।
उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन्। उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन्।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा उनी नियुक्त भएकी थिइन्।
प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











