Kathmandu Press

नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारकाे निर्णय

शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हाे।
नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारकाे निर्णय

काठमाडाैं, असार २४ : सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।

शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हाे।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो।

२०७५ सालमा संसदमा दर्ता गरिएको विधेयकमाथि लामो छलफल र संशोधनपछि राज्य व्यवस्था समितिले २०७७ सालमा प्रतिनिधिसभामा पारित गर्नका लागि प्रतिवेदनसहित पठाएको थियो।

राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिन नेपाली नागरिकसँग विवाह गरी सात वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो।

उक्त व्यवस्थाको विरोधमा मधेश केन्द्रित दल र नेपाली कांग्रेसका सांसदहरूले राज्य व्यवस्था समितिमा धारणा राखेका थिए।

 

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्