Kathmandu Press

एमालेकोे विरोधकाबीच नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता 

काठमाडौं, असार २४ : सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ। शुक्रबार बसेको प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता  (पहिलो संसोधन)...
एमालेकोे विरोधकाबीच नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता 

काठमाडौं, असार २४ : सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ। शुक्रबार बसेको प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता  (पहिलो संसोधन) विधेयक, २०७५, २०७५ लाई फिर्ता लिने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो।

विधेयक फिर्ता लिने प्रस्तावको एमालेले विरोध गरेको छ । विधेयक फिर्ता लिने प्रस्तावको विरोधमा एमालेले विरोध सूचना दिएको थियो । बैठकमा एमाले सांसदहरुले  संसदीय प्रणालीमाथि चुनौती दिने गरी विधेयक फिर्ता लिइएको आरोप लगाउँदै विधेयक फिर्ता लिन नहुने बताएका थिए। 

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो। 

राज्य व्यवस्था समितिबाट पारित प्रतिवेदनमा सत्तारूढ दलभित्रै सहमति जुट्न नसकेपछि सरकारले फेरि नयाँ विधेयक दर्ता गरेर प्रक्रिया अघि बढाउन लागेको छ । 
 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्