एमाले नेता कृपासुर कार दुर्घटनामा घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौं, असार २४ : एमाले नेता कृपासुर शेर्पा कार दुर्घटनामा परी घाइते भएका छन्।आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा भाग लिन...
काठमाडौं, असार २४ : एमाले नेता कृपासुर शेर्पा कार दुर्घटनामा परी घाइते भएका छन्।
आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा भाग लिन जाँदै गर्दा शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुरमा कार दुर्घटना हुँदा परेको हो।
पूर्वमन्त्रीसमेत रहेकाउनी सवार बा२च ९००३ को कार तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
उनीसँगै जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, गाेकुल घर्तीलगायत कारमा सवार थिए। उनीहरू पनि घाइते भएका छन्।
पूर्वमन्त्री शेर्पाको बाहिरी चोट नदेखिएको प्रहरीको भनाइ छ।घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ। उनीहरुको उपचार ट्रमा सेन्टरमा हुने जनाइएको छ।
प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











