भ्रष्टाचार मुद्दामा ब्लाटर र प्लाटिनीले पाए ७ वर्षपछि सफाइ
काठमाडौं, असार २४ : ७ वर्षदेखि भ्रष्टचारको आरोप खेपिरहेका विश्व फुटबल महासंघ (फिफा)का पूर्वअध्यक्ष सेफ ब्लाटर र मिचेल प्लाटिनीले सफाइ पाएका छन्। झण्डै दुई...
काठमाडौं, असार २४ : ७ वर्षदेखि भ्रष्टचारको आरोप खेपिरहेका विश्व फुटबल महासंघ (फिफा)का पूर्वअध्यक्ष सेफ ब्लाटर र मिचेल प्लाटिनीले सफाइ पाएका छन्। झण्डै दुई दशक फिफा अध्यक्ष रहेका ब्लाटर र युईएफएका पूर्वमहाचिव तथा फ्रान्सका लेजेन्ड फुटबलर प्लाटिनीलाई स्वीट्जरल्यान्डको फेडेरल क्रिमिनल कोर्टले भ्रष्टाचार मुद्दामा सफाइ दिएका हो।
तत्कालिन अध्यक्ष ब्लाटरको सहयोगमा फिफाले सन् २०१५ मा प्लाटिनीलाई आर्थिक सहयोग गरेको भन्दै दुवैमाथि सन् २०१५मा भ्रष्टाचार अभियोगमा अनुसन्धन सुरु भएको थियो। भ्रष्टचारको आरोप लागेलगत्तै ब्लाटरले अध्यक्षबाट राजिनामा दिएका थिए भने प्लाटिनीले त्यसको एक वर्षपछि राजीनामा दिएका थिए।
विश्व फुटबलका शक्तिशाली व्यक्ति ब्लाटर र प्लाटिनी दुवैले आफूहरुमाथिको आरोप निराधार रहेको बताउँदै आएका थिए । भ्रष्टाचार आरोप लागेपछि दुवैलाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाइएको थियो।
फिफाको इथिक्स कमिटिले सुरुमा ब्लाटरमाथि ८ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने पछि त्यसलाई घटाएर ६ वर्ष बनाएको थियो।
भ्रष्टाचार मुद्दामा ७ वर्षपछि सफाइ पाएपछि ब्लाटरले आफू जिन्दगीमा निर्दोष नभएपनि यो घटनामा भने पूर्ण रुपमा निर्दोष भएको प्रतिक्रिया दिएका छन्। यता, प्लाटिनीले आफूले अन्यायविरुद्ध लडाइँ लडेको उल्लेख पहिलो खेल जितेको प्रतिक्रिया दिएका छन्।











