Kathmandu Press

जनयुद्धका नाममा मान्छे मारेको घटनाप्रति प्रचण्डले माफी माग्नुपर्छ : ओली

काठमाडौं, असार २४ : एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका नाममा मान्छे मारेको घटनाप्रति माफी माग्नुपर्ने बताएका...
जनयुद्धका नाममा मान्छे मारेको घटनाप्रति प्रचण्डले माफी माग्नुपर्छ : ओली

काठमाडौं, असार २४ : एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका नाममा मान्छे मारेको घटनाप्रति माफी माग्नुपर्ने बताएका छन्।

छविलाल कार्कीको स्मृति दिवसका अवसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उनले प्रचण्डले जनयुद्धका बेला गल्ती भएको भनेर स्वीकार गरेर माफी माग्नुुपर्ने बताएका हुन्।

उनले ‘छविलाल कार्कीको हत्या किन गरेको?’ भनेर प्रचण्डमाथि खनिँदै उनले भने, ‘स्वीकारोक्ति नै छैन। अहंकार र दम्भ मात्र छ। मान्छे मारे पनि लज्जाबोध छैन। अप्ठ्यारो केही लाग्दैन। हीनताबोध छैन,’ ओलीले भने। 

‘प्रचण्डले जनतासँग खुलस्त माफी माग्नुपर्छ,’ उनले भने। जनता पनि सचेत नभएको र प्रचण्डजस्ता व्यक्तिलाई अझै भोट हालिरहेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे। 

उनले प्रचण्डले दुर्घटना हुन्छ भनेर धम्क्याएको प्रसंग उप्काउँदै प्रचण्डपथले देशलाई अन्धकारमा लैजाने जिकिर गरे। माओवादीकै कारण युवा जनशक्ति खाडीतिर जाने अवस्था आएको ओलीको भनाइ थियो। 

‘देशमा बस्नेलाई धम्क्याउन थालेपछि गाउँमा बस्न नसकेर युवा खाडीतिर लागे। काठमाडौंमा आएका पनि बसिनसक्नु नभएपछि खाडीतिर कुदे,’ उनले भने, ‘किन युवा बेरोजागर भए? माओवादीले गर्दा भए। कुनै उद्यम, रोजगारी सिर्जना गर्नेतिर कदम चाल्नै दिएन।’

प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप पनि उनले लगाए।

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्