श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक हवार्डबीच भेटवार्ता
काठमाडौं, असार २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता...
काठमाडौं, असार २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए।
आइएलओले नेपालको श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनामा गरिरहेको सहयोका लागि धन्यवाद दिँदै उहाँले आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गरे।
भेटमा राष्ट्रिय निर्देशक डा हवार्डले श्रमिकको सुरक्षा, न्याय र रोजगारी वृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











