Kathmandu Press

प्रतिनिधिसभा : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

काठमाडौं, असार २४ : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन्।    प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय...
प्रतिनिधिसभा : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि
फाइल तस्बिर

काठमाडौं, असार २४ : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
    
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाए। 
    
सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे। 
 
शून्य समयमा सांसदहरुले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरुले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण  गराए । 

उनीहरुले काठमाडौँको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिए। 

शून्य समयमा सांसदहरु भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले धारणा राखेका थिए। 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्