Kathmandu Press

देशभर थपिए ९८ जना कोराेना संक्रमित

काठमाडौं, असार २४ : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९८ जना कोराेना संक्रमित थपिएका छन्।२ हजार १ सय ५४ वटा नमुना परीक्षण गर्दा  पिसिआर...
देशभर थपिए ९८ जना कोराेना संक्रमित

काठमाडौं, असार २४ : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९८ जना कोराेना संक्रमित थपिएका छन्।

२ हजार १ सय ५४ वटा नमुना परीक्षण गर्दा  पिसिआर विधिबाट ८३ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ। मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुने  २७ जना छन्।

आज ६२ हजार ९७१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ। 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन्।

हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्