Kathmandu Press

नेकपा एसको प्रमुख सचेतकमा सरला यादव

काठमाडाैं, असार २४ : नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ।शुक्रबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रमुख...
नेकपा एसको प्रमुख सचेतकमा सरला यादव

काठमाडाैं, असार २४ : नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा यादवलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई प्रदान गरेको उनले जानकारी दिए।

बैठकमा पार्टीका आन्तरिक संगठन विस्तारलगायत विषयमा छलफल भएको खतिवडाले जानकारी दिए। 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्