Kathmandu Press

एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

काठमाडाैं, असार २४ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)सँगको सम्झौतासँग रद्द गर्ने भएको छ।एनएसएलसँग असन्तुष्ट रहेका ए डिभिजन...
एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

काठमाडाैं, असार २४ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)सँगको सम्झौतासँग रद्द गर्ने भएको छ।

एनएसएलसँग असन्तुष्ट रहेका ए डिभिजन क्लबको छलफलमा एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय सहमति भएको छ। छलफलमा एनएसएलसँगको सम्झौताका केही बुँदा त्रुटिपूर्ण देखिएको भन्दै एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस गर्ने निर्णय सहमति भएको छ।

छलफलमा भएको सहमति एन्फाको कार्यसमितिमा लगिने र कार्यसमिति बैठकले अनुमोदन गरेपछि एन्फा र एनएसएलबीचको सम्झौता रद्द हुनेछ।

एन्फासँगको छलफलमा असन्तुष्ट ए डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) का प्रतिनिधि सहभागी थिए। एनएसएलको दोस्रो संस्करणका लागि प्रक्रिया पुरा नगरी आफ्ना खेलाडी अनुबन्ध गरिएको भन्दै केही ए डिभिजन क्लबहरुले एन्फा र एनएसएलसँग असन्तुष्टी जनाएका छन् ।

ए डिभिजन क्लबकै असन्तुष्टीका कारण एनएसएल स्थगित गरिएको थियो ।

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्