प्रधानसेनापति शर्मा र भारतीय श्रीवास्तबीच भेटवार्ता
काठमाडौं, असार २४ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबिच भेटवार्ता भएको छ।प्रधानसेनापति शर्मालाई भेट्न राजदूत श्रीवास्तवले आज (शुक्रबार) जंगी...
काठमाडौं, असार २४ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबिच भेटवार्ता भएको छ।
प्रधानसेनापति शर्मालाई भेट्न राजदूत श्रीवास्तवले आज (शुक्रबार) जंगी अड्डामा पुगेका थिए। भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको नेपाली सेनाले बताएको छ।
श्रीवास्तव एक महिनाअघि नेपालका लागि भारतीय राजदूतमा नियुक्त भए पनि केही दिनअघि मात्रै नेपाल आएका हुन्। कार्यभार सम्हालेसँगै श्रीवास्तव भेटघाटमा व्यस्त छन्।
प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











