तीन देशका लागि राजदूत नियुक्त
काठमाडौं, असार २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज (शुक्रबार) ओमान, साउदी अरेबिया...
काठमाडौं, असार २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज (शुक्रबार) ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्र नेपाली राजदूत नियुक्त भएका हुन्।
प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











