Kathmandu Press

नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाइयोस् : रावल

काठमाडौं, असार २४ : नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा...
नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाइयोस् : रावल

काठमाडौं, असार २४ : नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रावलले संसदमा सबैभन्दा बढी छलफल भएको नागरिकता विधेयक फिर्ता लिनु संसदीय मूल्य मान्यता विपरित हुने बताएका हुन्। 

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको पनि उनले बताए । २०७५ मा तत्कालीन सरकारले ल्याएको विधेयक छलफल भएर संसदमा आइसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर सुरुवातदेखि नै ड्राफ्ट बनाउँदा बिलम्व हुने रावलको भनाई छ। 

रावलले मुलुकमा राजनीतिक अस्थिरत हुन थालेपछि नागरिकतालाई राजनीतिक हतियार बनाइने गरेको पनि बताएका छन् । ‘नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाइयोस्, सबै नेपालीले नागरिकता पाउनुपर्छ,’ उनले भने।  

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्