Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्यकारी समिति गठन

काठमाडाैं, असार २४ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ।शुक्रबार काठमाडौं बसेको मुल आयोजक समितिको बैठकले...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्यकारी समिति गठन

काठमाडाैं, असार २४ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ।

शुक्रबार काठमाडौं बसेको मुल आयोजक समितिको बैठकले राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको हो।

समितिमा प्रशासकीय प्रमुख, परिषद्का सदस्य मध्यबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुखहरु र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुनेछन्।

बैठकले आवश्यकता अनुसार विभिन्न विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ। बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने स्पष्ट पारे।

प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्ने उनको भनाइ छ। उनले प्रतियोगिताका लागि पूर्वाधारलगायत अन्य तयारीमा कमि हुन नदिने प्रतिबद्धता जनाए।

त्यस्तै बैठकमा राखेपका सदस्य सचिव घिसिङले प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिए। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ।

यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो। तर विभिन्न कारण देखाउँदे प्रतियोगिता सारिएको थियो। 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्