Kathmandu Press

नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव संसदमा पेस

काठमाडौं, असार २४ : प्रतिनिधि सभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव पेस भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री बालकृष्ण खाणले संसदमा नागरिकता विधेयक फिर्ता...
नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव संसदमा पेस

काठमाडौं, असार २४ : प्रतिनिधि सभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव पेस भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री बालकृष्ण खाणले संसदमा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेका हुन्। विधेयक फिर्ता लिने प्रस्ताव पेस भएकामा एमालेले विरोध जनाएको छ ।  

शून्य समयमा बोल्ने सांसदहरुले पनि नागरिकता विधेयक फिर्ता लिने तयारीको विरोध जनाएका थिए ।

मन्त्रिपरिषद्को असार २१ गते बसेको बैठकले नागरिकता विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गृहमन्त्री खाणले संसदमा विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेका हुन्। 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्