Kathmandu Press

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

कास्की, असार २४ : नेकपा एमालेको अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। बजेटमाथि छलफलका लागि आज (शुक्रबार) बसेको बैठक एमालेले अवरोध गरेपछि...
एमालेको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

कास्की, असार २४ : नेकपा एमालेको अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। 

बजेटमाथि छलफलका लागि आज (शुक्रबार) बसेको बैठक एमालेले अवरोध गरेपछि स्थगित भएको हो।

एमालेले बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गरे्पछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रमुख सचेतकलाई समय दिएका थिए।

एमालेले अवरोध जारी राखेपछि बैठक स्थगित गरेर सभामुख नेत्रनाथ अधिकारीले दलहरूबीच छलफल अगाडि बढाएका छन्।

प्रदेश सरकारले टुक्रे बजेट बाँडेको भन्दै एमालेले संसद अवरोध गरेको बताइएको छ। बजेट बनाउने र प्रस्तुत गर्ने काममा सरकारले मनपरी गरेको एमालेको भनाइ छ। 

बिहीबारको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो। 

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्