Kathmandu Press

भवन पुनर्निर्माण हुनुपर्ने भन्दै त्रिचन्द्रका विद्यार्थीकाे प्रदर्शन

काठमाडाैं, असार २४ : विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।भूकम्पबाट क्षति भएको...
भवन पुनर्निर्माण हुनुपर्ने भन्दै त्रिचन्द्रका विद्यार्थीकाे प्रदर्शन

काठमाडाैं, असार २४ : विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले शिक्षा मन्त्रालय हराएको सूचना, ढुंगा बोल्यो, माटो बोल्यो, सरकार बोलेन, प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पस कहिले बन्छ? लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ।

एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन्।

२०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्