काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुग्याे
काठमाडौं, असार २४ : काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ।उपत्यकामा असार २ गते हैजा देखिएको थियो। २२ दिनको अन्तरालमा बिहीबारसम्म २६...
काठमाडौं, असार २४ : काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ।
उपत्यकामा असार २ गते हैजा देखिएको थियो। २२ दिनको अन्तरालमा बिहीबारसम्म २६ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी क्षेत्र हैजाको रेड जोनमा रहेको छ। सो नगरपालिकाका वडा ४, ६, ७ र ९ मा गरी ८ जनामा हैजा संक्रमण देखिएको छ।
काठमाडौं महानगरभित्र ११ जना, चन्द्रागिरी नगरापालिकामा २, कीर्तिपुरमा १ र बुढानीलकण्ठमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ र ललितपुर महानगरपालिकामा २ जनामा हैजा संक्रमण देखिएका छ।
हैजाको प्रमुख कारण प्रदूषित पानी रहेको महाशाखाको भनाइ छ। हैजा संक्रमणबाट बच्न उमालेर मात्रै पानी पिउन तथा खानेकुरा र सरसफाइमा विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ।











