विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा सुरु
वासिङ्टन, असार २४ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११औं विश्व खेलकुद सुरु भएको छ।एक सय...
वासिङ्टन, असार २४ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११औं विश्व खेलकुद सुरु भएको छ।
एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउनेछन्।
जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबललगायत खेलहरू समावेश गरिएको छ।
अन्तरराष्ट्रिय विश्व खेल संघद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तरराष्ट्रिय स्तरको एक बहुखेल प्रतियोगिता हो।
यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट सन् १९८१ देखि आयोजना हुँदै आएको छ।
प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











