Kathmandu Press

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै 

काठमाडौं, असार २४ : बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ।  बिहान बसेको सर्वदलीय बैठकले ११ बजेपछि मतगणना गर्न सहमती गरेको हो।...
बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै 

काठमाडौं, असार २४ : बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ।  बिहान बसेको सर्वदलीय बैठकले ११ बजेपछि मतगणना गर्न सहमती गरेको हो।  

मतगणना भानोदय नमूना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। सर्वदलीय बैठकको निर्णयानुसार ११ बजेदेखि मतगणना हुन लागेको हो।

मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए। मतगणना वडा नम्बर १ र १० बाट सुरू हुनेछ।  झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ।

गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली रहेको निष्कर्षसहित निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णय गरेको थियो।

बुढीगंगामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन्। उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार छन्। 

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्