जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौं, असार २४ : जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ।
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।
विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। (बिबिसी)
प्रकाशित मिति: ०९:२५ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार