Kathmandu Press

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, भेटघाट तालिका गोप्य 

काठमाडौं, असार २४ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन्। उनी आगामी आइतबार नेपाल भ्रमणमा आउन...
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, भेटघाट तालिका गोप्य 

काठमाडौं, असार २४ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन्। 

उनी आगामी आइतबार नेपाल भ्रमणमा आउन लागेको स्रोतले बताएको छ । कति दिनको नेपाल भ्रमण हो भन्नेबारे भने यकिन भईसकेको छ ।

नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई भेट्ने कार्यक्रम रहेको छ। भेटको तालिका भने दूतावासले गोप्य राखेको छ। 

लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र असार १० गते एमाले अध्यक्ष ओलीसँग भर्चुअल सम्वाद गरेको थियो। त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्कासँग असार १६ गते भर्चुअल कुराकानी गरेको थियो।

प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्