Kathmandu Press

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको ज्यान गयो

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको ज्यान गयो

काठमाडौं, असार २४ : भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । 

चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा ६७ प ८४२२ नम्बरको स्कुटीले ओभरट्याक गर्ने क्रममा ठक्कर खाँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको हो  ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो । प्रहरीले मिनी ट्रक र चालक सत्यराम कर्मचार्यालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: ०७:१९ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्