Kathmandu Press

कृषि विकास बैंकमा खुल्यो जागिरको अवसर 

कृषि विकास बैंकमा खुल्यो जागिरको अवसर 

काठमाडौं, असार २४ : कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि जागि खुलाएको छ  । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । 

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको हो । 

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । 

साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्