Kathmandu Press

संसद बैठक बस्दै, के छ कार्यसूची ? 

काठमाडौं, असार २४ : संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले...
संसद बैठक बस्दै, के छ कार्यसूची ? 

काठमाडौं, असार २४ : संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको हो  ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्