नागरिकता विधेयक फिर्ता लिएर जनताको अधिकार खोसियो : विशाल भट्टराई
काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हक खोसेको आरोप लगाएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकपछि...
काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हक खोसेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिँदा एमाले आश्चर्यमा परेको बताए ।
प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











