Kathmandu Press

एमाले नेता रावलको आरोप,-सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्दैछ भन्ने सुन्दैछु 

काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको...
एमाले नेता रावलको आरोप,-सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्दैछ भन्ने सुन्दैछु 

काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् ।

आज बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन् । 

उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए । उनले भने, ‘एसपीपी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन ।

यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयम् मन्त्रीहरू, पार्टीका नेताहरूले भनिरहेका छन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल एसपीपीको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनुभएको ? यो विषय अत्यन्त गम्भीर छ ।

बाहिर अघि नबढाउने भन्ने तर भित्रभित्रै कुनै एउटा बाटो खोजेर नेपाललाई शक्तिराष्ट्रको द्वन्द्वमा धकेल्नका लागि त्यो साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने भन्ने चलखेल भइरहेको छ भन्ने सुन्नमा आएको छ ।’

सरकारले यसअघि मन्त्रिपरिषद्को बैठकबाट एसपीपी अघि नबढाउने निर्णय गरिसकेको छ। 

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्