Kathmandu Press

बाजुराकाे बुढीगंगामा मतदान सकियाे, आजैबाट मतगणना गरिने

बाजुराकाे बुढीगंगामा मतदान सकियाे, आजैबाट मतगणना गरिने

काठमाडाैं, असार २३ : बाजुराको बुढीगंगा नगरपालिकामा आज भएकाे स्थानीय चुनावअन्तर्गत मतदान सम्पन्न भएकाे छ। बिहान ७ बजेदेखि सुरू भएकाे मतदान अपरान्ह ५ बजे सकिएकाे हाे।

मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना सुरू गर्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

गत वैशाख ३० गते देशभर मतदान भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि यहाँकाे मतदान राेकिएकाे थियाे। निर्वाचन आयोगले पुन: निर्वाचन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्