Kathmandu Press

वायुसेवा निगमबाट हटाइएका अधिकारीलाई काम गर्न दिन सर्वोच्चकाे आदेश

काठमाडौं, असार २३ : सर्वोच्च अदालतले सरकारकाे निर्णयबाट हटाइएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी...
वायुसेवा निगमबाट हटाइएका अधिकारीलाई काम गर्न दिन सर्वोच्चकाे आदेश

काठमाडौं, असार २३ : सर्वोच्च अदालतले सरकारकाे निर्णयबाट हटाइएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी तोक्दै त्यतिन्जेल उनलाई काम गर्न दिनेगरी सो आदेश जारी गरेको हो। 

साे पदमा सरकारबाट नियुक्त दिपुराज ज्वारचनलाई कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो।

२०७८ कात्तिक ११ गते अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको थियो।  सर्वोच्चले कार्यकारी अध्यक्षमा उनैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रारम्भिक रूमा अहिले सरसर्ती हेर्दा निलम्बनको पत्रको अनुहारबाटै उक्त पत्र नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा २० को प्रत्यक्षविपरीत रहेको देखिएको र निजउपर कुनै जाँचबुझ वा छानबिन गर्नुपर्ने भए निलम्बन नगरीकनै पनि जाँचबुझ गर्न सकिने अवस्था रहेको देखिएको हुँदा अन्तरिम आदेशका लागि पछि हुने छलफलबाट अन्यथा आदेश नभएसम्मका लागि निवेदकलाई निलम्वन गर्ने हदसम्मको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९–३–६ को निर्णय र सो निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७९–३–९ को पत्र विपक्षीमध्येका दिपराज ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्त गरिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९–३–६ को निर्णय र सो निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७९–३–९ को पत्र हाललाई कार्यान्वयन नगर्ने, नगराउन, निवेदकलाई नियुक्ति पत्रमा उल्लिखित पदमा पूर्ववत् काम गर्न दिन, दिलाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’ 

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्