Kathmandu Press

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी टेकप्रसाद राई

काठमाडौं, असार २३ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन्।एसएसपी विष्णु केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक...
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी टेकप्रसाद राई

काठमाडौं, असार २३ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन्।

एसएसपी विष्णु केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

पत्रकारिता विषयमा स्नातकोत्तर गरेका राईसँग प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्युरोमा लामो समयसम्म काम गरेको अनुभव छ।

कार्यभार समाल्दै गर्दा उनले ‘आमजनसरोकारका विषयमा यथाशीघ्र सूचना प्रवाह गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्