Kathmandu Press

माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी कमिटी गठन

आमन्त्रित र महिलाहरूको समेत नाम राखेर एक साताभित्र स्थायी कमिटीलाई पूर्णता दिइने माओवादी केन्द्रले बताएको छ। 
माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी कमिटी गठन

काठमाडौं, असार २२ : नेकपा माओवादी केन्द्रको काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले आज (बिहीबार) ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ।

पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकलाई जानकारी दिए। 

बैठकले आजै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरिसकेको छ। स्थायी समितिमा हाल १६ जनाको नाम टुंग्याइएको छ।

स्थायी कमिटीमा रहनेमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहने जनाइएको छ।

आमन्त्रित र महिलाहरूको समेत नाम राखेर एक साताभित्र स्थायी कमिटीलाई पूर्णता दिइने माओवादी केन्द्रले बताएको छ। 


 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्