काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा पुष्टि
काठमाडौं, असार २३ : काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ।काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा थप दुईजनामा हैजा संक्रमण देखिएको इपिडिमियोलोजी तथा...
काठमाडौं, असार २३ : काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा थप दुईजनामा हैजा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
पछिल्लोपटक थपिएका समेत गरी काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ। तीमध्ये तीनजना अस्पतालमा उपचाररत रहेका महाशाखेले जनाएको छ।
अन्य घरमै स्वास्थ्यलाभ गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











