एसपीपीमा गरेको राष्ट्रघात ओझेलमा पार्न बजेटको विषय उठान गरियो : शर्मा
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा भएको राष्ट्रघातको विषय ओझेलमा पार्न बजेटको विषय उठान...
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा भएको राष्ट्रघातको विषय ओझेलमा पार्न बजेटको विषय उठान गरेको बताएका छन्।
बिहीबारको केन्द्रीय समिति बैठकमा विशेष समय लिएर बोल्दै शर्माले राष्ट्रघातलाई ओझेलमा पार्न आफूले गर्दै नगरेको विषय उठान गरेको बताएका हुन् । ‘एसपीपीको मुद्दा उठेको थियो । एसपीपीमा राष्ट्रघात भएको कुरा ओझेलमा पार्न यो मुद्दा उठाइएको हो । ओम्नी लगायत धेरै मुद्दाहरु छन्,’ उनले भने।
आफूले लोकप्रिय बजेट ल्याएका कारण पनि नियोजित रुपमा घेराबन्दी गरिएको उनले बताए । माओवादी पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटलाई सेबोजेट गर्न अनावश्यक कुरा उठाइयो,’ उनले भने।
शर्माले संसदीय छानविन समिति बनेको अवस्थामा प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले संसदमा दिएको अभिव्यक्तिबारे पनि आपत्ती जनाए । आफ्नै पार्टीका सांसदहरुले प्रतिपक्षीको अभिव्यक्तिमा केही नबोलेकोमा पनि शर्माले असन्तुष्टि प्रकट गरे । उनले रेकर्डबाट भट्टराईको अभिव्यक्ति हटाउन आफ्ना दलका सांसदले भूमिका नखेल्नु गलत रहेको बताए।











