पोलिटब्युरो नाम विवादले माओवादी बैठक एक घन्टाका लागि स्थगित
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रको जारी बैठक एक घन्टाका लागि स्थगित भएको छ।१२५ सदस्यीय पोलिटब्युरो सदस्यका नाममा विवाद भएपछि बैठक स्थगित गरिएको हो।...
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रको जारी बैठक एक घन्टाका लागि स्थगित भएको छ।
१२५ सदस्यीय पोलिटब्युरो सदस्यका नाममा विवाद भएपछि बैठक स्थगित गरिएको हो। पोलिटब्युरो सदस्यका लागि मापदण्ड नपुगेकाहरू परेको, केही नेता छुटेको भन्दै केन्द्रीय सदस्यहरुले व्यापक रूपमा प्रश्न उठाएपछि बैठक एक घन्टाका लागि स्थगित गरिएको हो।
विवादित प्रश्नहरुलाई सुल्झाउन अहिले शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।
केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेपिछ हलले ताली बजाएर पारित गरे पनि केही नेताले भने नाममा असन्तुष्टि जनाएका थिए।
प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











