Kathmandu Press

जनार्दन शर्माले राजीनामा दिएपछि काममा फर्किए अर्थसचिव मरासिनी 

काठमाडौं, असार २३ : अर्थसचिवत मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने घोषणा गरेपछि अर्थसचिव मरासिनी बिहीबार मन्त्रालय हाजिर...
जनार्दन शर्माले राजीनामा दिएपछि काममा फर्किए अर्थसचिव मरासिनी 

काठमाडौं, असार २३ : अर्थसचिवत मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने घोषणा गरेपछि अर्थसचिव मरासिनी बिहीबार मन्त्रालय हाजिर भएका हुन्। 

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । बिदामा बस्नुअघि सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री रहेका जनार्दन शर्मासँग भेट गरेका थिए । 

उनले अर्थमन्त्रीले राजीनामा नगरेसम्म मन्त्रालय नफर्कने बताएका थिए। त्यसपछि मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी मरासिनी बिदामा बसेका थिए । 


 


 

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्