Kathmandu Press

खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती : प्रदीप पौडेल

काठमाडौं, असार २३ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछिल्लाे समय बढ्दै गएको खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन्। आज (बिहीबार)...
खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती : प्रदीप पौडेल

काठमाडौं, असार २३ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछिल्लाे समय बढ्दै गएको खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन्। 

आज (बिहीबार) राजधानीमा आयोजित 'आर्थिक शुसासन र निर्वाचन' विषयक अन्तरक्रियामा उनले  निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च उम्मेदवारले खर्च गर्ने गरेको भन्दै त्यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा जाेड दिए।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुँदा त्यसले व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए। 

'निर्वाचन कानुन र आचार संहिता धेरै छन्। कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन। अब संघको निर्वाचनमा उम्दवा रले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ,' नेता पौडेलले भने, 'अहिले त्यो खर्चमा एकादुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन्। निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ। यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन्।'

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोख्रेलले पछिल्लो समय चुनावमा उम्मेदवारले आयोगले तोकेकोभन्दा बढी खर्च गर्ने गरेकाे बताए।

'अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए। उम्मेदवारको खर्च तीव्र गतिमा बढेको छ। आयोगको एउटा मापदण्ड छ। मापदण्ड एकातिर छ उम्मेदवारको खर्च अर्कातिर छ,' उप्रेतीले भने, 'कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो कि यो खर्च सीमा हटाउनु पर्यो।'

कार्यक्रममा पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपालकृष्ण घिमिरेलगायतले आर्थिक शुसासन र निर्वाचनु विषयमा आआफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्