एसपीपी सम्झौता नगर्ने निर्णय अविलम्ब अमेरिकालाई पठाउन माओवादी केन्द्रको माग
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सम्बन्धमा नेपालले गरेको निर्णय अविलम्ब अमेरिकालाई पठाउन आग्रह गरेको छ। बिहीबार बसेको प्रतिनिधि...
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सम्बन्धमा नेपालले गरेको निर्णय अविलम्ब अमेरिकालाई पठाउन आग्रह गरेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एसपीपी नगर्ने निर्णय अहिलेसम्म अमेरिकालाई नपठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘एसपीपी नगर्ने भन्ने निर्णय परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन, अविलम्ब पत्राचार गरियोस्,’ गुरुङले भने।
गुरुङले नेपाल आइपीएसमा संलग्न हुन नसक्ने बताउँदै त्यस सम्बन्धमा पनि नेपालले पत्राचार गर्नुपर्ने बताए । त्यस्तै व्याख्यात्मक घोषणासहित पास गरिएको एमसीसी अमेरिकाले स्वीकार गरे नगरेको पनि जानकारी गराउन माग गरे । अमेरिकाले ब्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी रद्ध गर्न पनि माग गरेका छन्।











