Kathmandu Press

रुस–युक्रेन युद्धमा नेपालले भोटिङ गर्नु गलत भयो : प्रचण्ड

काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुस–युक्रेन युद्धमा नेपालले भोटिङ गर्नु गलत भएको बताएका छन्। बिहीबार काठमाडौंको कमलादीमा...
रुस–युक्रेन युद्धमा नेपालले भोटिङ गर्नु गलत भयो : प्रचण्ड

काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुस–युक्रेन युद्धमा नेपालले भोटिङ गर्नु गलत भएको बताएका छन्। बिहीबार काठमाडौंको कमलादीमा जारी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। 

उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुन नसक्नु गल्ती भएको बताएका हुन् । छिमेकी मुलुकहरु चीन र भारत तटस्थ बस्दा नेपालले पक्षधरता देखाउनु गम्भीर गलत काम भएको उनले बताए । गठबन्धनको बैठकमा पनि यसबारेमा कुरा भएको पनि बताए । 

भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम सहयोग गरेको अवस्थामा नेपालले युक्रेनको पक्षमा भोटिङ गर्न नहुने उनले बताए। त्यस विषयमा मन्त्रिपरिषदमा पनि छलफल नभएको बताउँदै प्रचण्डले अबदेखि त्यस्ता कदम चाल्नुपूर्व छलफल गर्नुपर्ने प्रचण्डले बताए। 
 
‘युद्धमा यो वा त्यो पक्षमा लाग्नु भन्दा असंलग्न परराष्ट्र नीतिमा लाग्नुपर्छ । यस्ता समस्या कूटनीतिक माध्यमबाट गरियोस् भन्ने कुरा उठाउनुपर्छ । वक्तव्य आउनेबित्तिकै यो विषय उठाइएको छ । प्रधानमन्त्रीलाई भनिएको छ । त्यसबारे फरक मतका रूपमा राखिएको छ,’ प्रचण्डले भने। 

संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको थियो।  

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्